जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत जाजरकोटको कार्कीगाँउबाट कुदुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा परेको हो ।दुर्घटनामा कैलालीका २५ वर्षीय मनोज केसी र जुम्लाका २३ बर्षीय मिथुन हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी दिनेश तिमिल्सेनाले जानकारी दिए ।उक्त

रास्वपा कार्याकर्ता र प्रहरीबीच झडपमा आठजना घाइते

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले  सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा

गणतन्त्र जनताको बनाउन फेरि लड्ने बेला भएको छ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरूले गणतन्त्रलाई बिचौलियाहरूको हितका लागि प्रयोग गरिरहेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । ‘गणतन्त्र त आयो तर, त्यो गणतन्त्र जनताकै हुन्छ कि हुँदैन भन्ने कुरा महत्त्वपूर्ण थियो र छ । प्रतिक्रियावादीहरूले गणतन्त्रलाई बिचौलियाहरूको हितका निम्ति प्रयोग गर्दैछन्

प्रचण्डलाई गणतन्त्र नायक सम्मान

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ ।गणतन्त्र सेनानी कोषले माओवादी अध्यक्षलाई सो सम्मान गरेको हो।देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक

नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छः प्रधानमन्त्री ओली

चीनको औचापरिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी)को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा उहाँले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै गएको उल्लेख गर्नुभयो । “समृद्ध

जनकपुरधाममा ३ दिन मासु-मदिरा बिक्री वितरणमा रोक

मंसिर, जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै आजदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।कार्यालयद्वारा जारी सूचनामा आजराति १२ बजेदेखि मङ्सिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्रमा मासु, माछा तथा

प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद

प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो । धनकुटाबाट धरानतर्फ आउँदै गरेकोे अवस्थामा प्रहरीले बा१झ ५१२७ र बा१झ ४६०५ सरकारी नम्बर प्लेटका दुईवटा

विवाहपञ्चमी : जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो

जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेको छ । सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएको हो । रामजानकीको तिलक भन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको सो चुनरीलाई लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए ।मन्दिर पुग्नुपूर्व चुनरीलाई लिएर नगर परिक्रमा गरिएको थियो । चुनरीसहित परिक्रमा

हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

बनियानी – झापाको हात्ती प्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ सुरु गरिएको छ ।जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँड्डुल गर्न र हात्तीबाट बच्न सहज होस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।बिर्तामोड–७ मा रहेका २४ टोलमध्ये हात्तीबाट बढी प्रभावित बाह्रघरे, झोलुङ्गे, खालबाडी,

टुँडिखेलमा एक पुरुष मृत भेटिए

काठमाडौं ।काठमाडौंको टुँडिखेलमा एक पुरुष मृत भेटिएका छन् ।बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२२ टुँडिखेलमा मकवानपुरका ४५ वर्षीय बद्रीप्रसाद सिलवालकाे शव भेटिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।शव फेला परेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो ।प्रहरीले शव पोष्टमर्टमका लागि