स्रोत नखुलेको ४७ लाख रुपैयाँसहित एक महिला पक्राउ

स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला मोरङबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल छिन् ।अग्रवालले घरमा अवैध रकम राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय रंगेलीले उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत

छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु

कैलालीमा छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।मंगलवार टिकापुर नगरपालिका–८ फाँटास्थित हुलाकी  सडकखण्डमा सत्तीबाट राजपुरतर्फ सुदूरपश्चिम प्रदेश ०१–००८प०८१३ नम्वरको मोटरसाइकल दुर्घटना भएको थियो।सो दुर्घटनामा मोटरसाइलक चलाक टिकापुर नगरपालिका –१ का २१ २१ वर्षका रामकुमार चौधरी र मोटरसाइल पछाडी सवार २२ वर्षीय बिनोद चौधरी घाइते भएका थिए।दुर्घटनामा टाउकोमा चोट लागी गम्भिर घाइते रहेका

काठमाडौँ उपत्यकामा बढ्यो चिसो, अरू स्थानको मौसम कस्तो ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान काठमाडौँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।जल तथा मौसम

तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित

तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ ।विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ ।केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छ भने कतिपय विमानस्थल

कुवेत पुर्‍याएर मानव बेचबिखन गर्ने दुईजना पक्राउ

काठमाडौं : कुवेत पुर्‍याएर मानव बेचबिखन गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-६ का २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय टिकाराम तामाङ रहेका छन्।मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार जाहेरवाला परिबर्तित नाम २६ बबरमहल (३५८)लाई फ्रि भिषा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुने कुवेत देशमा घरेलु काममा लगाइदिने प्रलोभन देखाएको खुलेको

पर्सामा सुरु भयो रवि र छविको बयान

काठमाडौं । सरकारी वकिल कार्यालय पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान लिन सुरु गरिएको छ । पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीको बयान लिन सुरु गरिएको हो ।मंगलबार बिहानैदेखि उनीहरूसँग बयान लिइँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार (हिजो) काठमाडौं हुँदै विमानमार्फत

प्रतितोला २१ सयले बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढेको छ ।सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला ६० ले बढेर एक

लामिछानेमाथि सरकारले गरेको अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु : अध्यक्ष दाहाल

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा छानबिनका लागि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि ‘प्रतिशोधपूर्ण व्यवहार’ रोक्न माग गरेका छन् ।लामिछानेलाई सरकारले अमानवीय व्यवहार गरिरहेको अध्यक्ष दाहालको दाबी छ । सामाजिक सञ्जालमार्फत दाहालले सोमबार सरकारसँग लामिछानेविरुद्ध अमानवीय व्यवहार नगर्न आग्रह गरेका हुन् ।

रविलाई हवाईमार्गबाट पर्सा लगिँदै, छवि स्थलमार्गबाट वीरगन्जमा

काठमाडौं । सहकारी बचत अपचलन प्रकरणमा रवि लामिछानेलाई बयानका लागि काठमाडौं हुँदै वीरगन्ज लैजाने तयारी गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार रविलाई बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । त्यसपछि उनलार्य आजै सिमराको उडानबाट वीरगन्ज पठाइने छ ।यस्तै, अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई भने स्थलमार्ग हुँदै वीरगन्ज पुर्‍याइएको छ ।

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए। फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ ।“अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका