म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए। फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ ।“अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका
जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि दुर्व्यवहार नगरिएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेमाथि प्रहरीले दुर्व्यवहार गरेको भनिएको विषय भ्रामक रहेको बताए ।लामिछानेलाई प्रचलित कानुन बमोजिम नै सुरक्षा सतर्कता अपनाई प्रहरी नायव उपरीक्षक(डीएसपी)को कमाण्डमा चितवनबाट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेजस्तो नहुने टिप्पणी गरेका छन् । आइतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने बताएका हुन् ।उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताए । उनले नयाँ राजनीतिक शक्तिहरूलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिए ।
देवराज यादव। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सप्तकोशी न्यूरो अस्पतालका अध्यक्ष रामबाबु गिरिका सहायक सम्राट कराखेतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।खुकरी देखाएर सर्वसाधारणलाई आतंकित वनाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।बिहिबार राति भोक्राहा नरसिंह गाउँपालिका–५ का याकुव मियाँको उपचारको क्रममा मृत्युु भएको विषयमा आइतबार छलफल बोलाईएको थियो। छलफलमा सहमति ननिस्किएपछि मृतकका आफन्तलगायतले अस्पताल घेराउ गरेका
पर्सा ।। पर्सा जिल्लाको बहुवर्वाभट्टा स्थित ट्राफिक चेक पोस्टमा आज बिहान एउटा घटनाले सबैको ध्यान तानेको छ। ट्राफिक प्रहरीले बालुवा बोकेको प्रदेश २-०-०३-००१ त ५५०२ नम्बरको ट्याक्टरबाट पैसा लिइरहेको समयमा गढीमाई मेला जाने क्रममा अर्को भारतीय ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा भारतीय नम्बर प्लेटको ट्याक्टरमा ठूलो क्षति पुगेको छ। दुर्घटनाको प्रमुख कारण ट्राफिक चेक
राजबिराज नगरपालिका वडा नं.-७ मा रहेको महेन्द्र क्लबको झ्यालमा एक व्यक्तिको झुन्डिएको अवस्थामा शव फेला परेको छ। घटनास्थलको अवस्था र शवको स्थिति हेर्दा यो आत्महत्या होइन, हत्या हुनसक्ने स्थानीयको दाबी छ। मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। सदरमुकामकै बीचमा डर लाग्दो घटनाराजबिराजको मुख्य बजार क्षेत्रमा दिनदहाडै यस्तो घटना हुँदा स्थानीय त्रसित छन्। “बिच बजारमै यस्तो
काठमाडौं- प्राचीनकालमा स्थापित पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन लागिएको छ । पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण नौवटा इनार रहेको भन्ने विभिन्न पुस्तकमा उल्लेख भए पनि अहिले लोप जस्तै थिए ।ऐतिहासिक महत्वका इनार लोप भयो भन्ने गुनासो बढेपछि काठमाडौँ महानगरपालिका–८ को सक्रियता र पुरातत्व विभागको सहयोगमा महत्त्वपूर्ण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् । दमक बिजनेस भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रममा सहभागी हुन उनी झापा जान लागेका हुन् । ओली सोमबार पनि झापामा विभिन्न कार्यक्रममा सहभागी हुने तयारी रहेको सचिवालयले जानकारी दिएको छ ।
धादिङ : पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ। एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय गाडी त्रिशूली नदीमा खसेको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।
जनकपुरधाम । विश्व हिन्दू परिषद् नेपालले जानकी मन्दिरमा यस वर्ष पनि ३४ जोडीको बिना दाइजो सामूहिक विवाह गराएको छ । सीताराम विवाह पञ्चमीको अवसरमा शनिवार राति मन्दिर परिसरमै हिन्दू परम्परा अनुसार परिषद्ले सामूहिक विवाह गराएको हो । विवाहमा लागेको सम्पूर्ण खर्च परिषद्ले व्यहोरेको छ ।परिषद्का धनुषा अध्यक्ष सन्तोष साहले दाइजो प्रथा अन्त्य गर्न विगत ६