मुख्य समाचार
मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण | उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाद्वारा धन्यवाद ज्ञापन | पर्यटक सवारी साधन पहिचान हुने नमुना चिह्न व्यवस्था गरिदिन यातायात व्यवसायी संघको माग | कांग्रेस कार्यकर्ताले लगाए मधेशको पूर्वाधार कार्यालयमा ताला | बाल अधिकारको क्षेत्रमा सरकारको बलियो उपस्थिति देखाउन मन्त्री चौधरीको निर्देशन | पहिलो ओभरमै कमलले दिलाए सफलता | इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो | इलाम-२ उपचुनाव : १० बजेसम्म १५ प्रतिशत मतदान | देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग | चीनलाई अमेरिकाको चेतावनी : रुसलाई सहयोग गरिरहे चुप लागेर बस्दैनौँ |

१७ फागुनमा होटल तथा पर्यटन व्यवसायी संघ बागमतीको अधिवेशन चित्लाङमा

Public khabar24 2121+ समाचार ( )
१२ फाल्गुन २०७९

१२ फागुन, वीरगञ्ज । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश समितिको अधिवेशन हुने भएको छ । १७ फागुनमा चित्लाङमा अधिवेशन गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशले जनाएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधि, पर्यवेक्षक तथा अतिथि लगायत गरी २ सय जना जति सहभागी हुनेछन् । अधिवेशनको उद्घाटन बागमती प्रदेशकाहोटल तथा पर्यटन शालिकराम जम्मरकटेलले गर्ने तय भएको छ भने प्रदेशका पर्यटन मन्त्री समेत अधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेछन् । चित्लाङमा हुने अधिवेशन सफल बनाउन स्थानीय व्यवसायी पनि उत्साहित देखिएका छन् ।

बिहीबार चित्लाङ रिसोर्टमा तयारी बैठक समेत बसेको छ । चित्लाङमा दर्जनौ होम स्टे र रिसोर्टहरु सञ्चालनमा छन् । चित्लाङका व्यवसायीले अधिवेशनमा सहभागी हुन आउने पाहुनाहरुलाई एक छाकको खाना र एक रातको आवास निःशुल्क उपलब्ध गराउने भएका छन् । अधिवेशनलाई सफल बनाउन आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता व्यवसायीहरुले जनाएका छन् ।

चित्लाङ सामुदायिक होम स्टेका सल्लाहकार बुद्धरत्न मानन्धरले चित्लाङको प्रचारसँगै स्थानीय संस्कृतिको प्रबर्द्धन गर्ने महत्वपूर्ण अवसरको रुपमा यो अधिवेशनलाई लिएको बताए ।

चित्लाङमा भएका रिसोर्ट मात्रै संघमा सदस्य छन्, होम स्टे व्यवसायीहरुको छुट्टै संगठन छ । तर गाउँमा हुन लागेको कार्यक्रम सफल बनाउन सबै पक्षले सहयोग गर्ने सहमति भएको छ,’ उनले भने, ‘करोड खर्च गरेर पनि एकैपटक १३ जिल्लाका मानिस चित्लाङ ल्याउन सकिन्न, हामीले यसलाई अवसरको रुपमा लिएका छौं । चित्लाङको संस्कृति प्रबर्द्धन गर्न र यसको प्रचारका लागि कार्यक्रम फलदायी हुने अपेक्षा छ ।’

अधिवेशनमा चित्लाङका विभिन्न समुदायको सांस्कृतिक नाच पनि देखाउने तयारी गरिएको उनले बताए । कार्यक्रमको दिन नेवार समुदायको मारुनी नाच, लाखे नाच, तामाङ समुदायको सोरठी, कुस्ले बाजा, गोपाली समुदायको ख्याक र लठ्ठी नाच र पर्वते समुदायको खैंजडी भजन प्रदर्शन गर्ने र त्यसको शुल्क पनि नलिने निर्णय भएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार