मुख्य समाचार
काठमाडौं महानगरका दुई नगर प्रहरी अधिकृतको राजीनामा स्वीकृत | मन्त्रिपरिषद्को बैठकले गरेका २५ निर्णयहरू के के छन् ? | ५० ग्राम सुनसहित एक जना पक्राउ | प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित | भण्टाबारीमा सीमा स्तम्भको अनुगमन | सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग | अमेरिका र क्यानडा पठाउने भन्दै १० जनाबाट साढे पाँच करोड ठगी, श्रीमान्‌-श्रीमतीसहित तीन पक्राउ | रविलाई मन्त्रीबाट हटाउन कांग्रेसले सहकारी छानबिनको माग राखेको हो, यो मान्य हुँदैन : ओली | साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री | सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो |

गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको दाबी

Public khabar24 2253+ समाचार ( )
१४ कार्तिक २०८०

काठमाडौं– इजरायल–हमास युद्धका क्रममा गाजामा मात्र मृत्यु हुनेको संख्या ८ हजार ३०० जना नाघेको दाबी गरिएको छ । इजरायलमा ७ अक्टोबरमा प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गरेसँगै सुरु भएको बमबारीले गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ I

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले एन्क्लेभमा प्रतिशोधात्मक बमबारी सुरु गरेदेखि गाजामा कम्तिमा ८,३०६ जना मारिएका छन् । जसमध्ये ३ हजार ४५७ नाबालिग परेका छन् । 

मृत्यु हुनेमा २ हजार १३६ महिला र ४८० वृद्धवृद्धा पनि परेकाके जारी विज्ञप्तिमा भनिएको छ। विश्व स्वास्थ्य संगठनले गाजाका अस्पतालहरूमा बिजुली आपूर्तिको अभावका कारण मुस्किलले स्वास्थ्यकर्मीहरुले काम गरिरहेका जनाएको  छ।

अस्पताल, आश्रयस्थल, बेकरी, पानी प्रशोधन र पम्पिङ स्टेशन र ढल निकास प्रणालीका लागि विद्युत उत्पादन गर्न आवश्यक पर्ने स्ट्रिपमा इन्धनको ढुवानी पनि भएको नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया